Nepal World Peace Movement

About Nepal World Love, Compassion And Peace Movement

विश्व शान्तिका अग्रमार्गदर्शक भगवान् बुद्धको पवित्र पावन जन्मभूमि नेपालबाट विश्व शान्तिको महाअभियान सञ्चालन गरी विश्वमा घटेका विकृतिजन्य मानवता विरोधी घटनाहरु आपसी मनमुटाव, झै–झगडा, लडाई, युद्ध, हत्या, हिंसा, आतंक, द्वन्द्व पीडित, वैदेशिक रोजगार पीडित, घरेलु हिंसा पीडित, जातीय भेदभाव एवं छुवाछुतबाट पीडित, संवैधानिक सूचनाबाट वञ्चित र नागरिक स्वतन्त्रताको अधिकारबाट वञ्चित लगायतका घटनाहरुको विरुद्ध प्रखर आवाज उठाई समस्त मानव जातिको हितलाई भाइचाराको रुपमा सङ्गठित गरी विश्वमा शान्ति, सुशासन, र अमन चैन कायम गरी एउटै घरको शान्तिमय -समुन्नत- परिवारको रुपमा रुपान्तरण गरी आपसी -सद्भाव- एवं भातृत्व भावको भावना विकास गर्न वाञ्छनीय भएकोले संस्था दर्ता ऐन, २०३४ को अधिनमा रही “नेपाल विश्व मैत्री, करुणा तथा शान्ति अभियान” नामक सामाजिक संस्थाको विधान तर्जुमा गरिएको छ ।

नेपाल विश्व मैत्री, करुणा तथा शान्ति अभियानका उद्देश्यहरु :-

(क) यो संस्था मुनाफा रहित जनहितकारी सामाजिक संस्था हुनेछ ।
(ख) विश्वमा व्याप्त झै–झगडा, लडाई, र युद्धबाट सिर्जित अशान्तिको अन्त्य गर्न शान्तिको अग्रमार्गदर्शक भगवान् बुद्ध जन्मेको देश नेपालबाट शान्तिको सन्देश सशक्त रुपमा अघि बढाई आपसी भाइचाराको माध्यमबाट विश्वमा शान्ति स्थापना गर्न आवश्यक पहल गर्ने, गराउने ।
(ग) नेपाल लगायत विश्वमा छरिएर रहेका मानव जातिलाई एउटै सूत्रमा आबद्ध गरी विश्व बन्धुत्वको भावनाबाट अभिप्रेरित गराई एउटै घरको परिवारको रुपमा विकास गर्ने, गराउने ।
(घ) आर्य धर्म, संस्कृति र परम्पराको अवधारणाको विकास गराई सोसँग सम्बन्धित आवश्यक पुस्तकहरु प्रकाशन गर्ने, गराउने ।
(ङ) सामाजिक विकृतिको रुपमा रहेको धुम्रपान, मध्यपान, जुवा तास र वेश्यवृत्ति जस्ता विकृतिलाई संसारबाटै अन्त्य गरी स्वच्छ, स्वस्थ समाजको स्थापना गर्न आवश्यक “अभियान” सञ्चालन गर्ने, गराउने ।

(च) शान्तिभूमि नेपालको अवधारणालाई आत्मसात गरी धार्मिक, सांस्कृतिक र शान्ति प्रेमी स्वदेशी तथा विदेशी पर्यटकहरुलाई आकर्षित गराई शान्ति सुरक्षाको प्रत्याभूत दिलाउन आवश्यक पहल गरी धार्मिक पर्यटनको माध्यमबाट देश विकासमा टेवा पुर्‍याउने ।

(छ) विश्वमा प्रतिबन्धित गाँजा, चरेस र हिरोयन जस्ता प्राण घातक लागू पदार्थ सेवनबाट समाजमा सिर्जना हुने अशान्तिको अन्त्य गर्न त्यस्ता वस्तुको सेवन, उत्पादन तथा बिक्री वितरणमा रोक लगाउन विशेष अभियान सञ्चालन गर्ने, गराउने ।

(ज) भगवान् बुद्धले प्राप्त गर्नु भएको “बोधिज्ञान” लाई आधार बनाई समस्त आमारुपी प्राणीहरुको भलाई र सुखको लागि नविनतम अभियानको थालनी गर्ने, गराउने ।

(झ) भगवान् बुद्धको पञ्चशीलको सिद्धान्तलाई विश्वव्यापी बनाउन आवश्यक गोष्ठी, सेमीनार, प्रवचन लगायत पुस्तकको माध्यमबाट प्रचार–प्रसारको महत्वपूर्ण अभियान सञ्चालन गर्ने, गराउने ।
(ञ) पञ्चशीलको सिद्धान्त विपरित संसारमा व्याप्त हत्या, हिंसा, चोरी–डकैती, चेलिबेटी बेचविखन, बलत्कार र अपहरण जस्ता अमानवीय कार्यको अन्त्य गरी सभ्य, सु–संस्कृत र करुणामय समाजको स्थापना गर्न महाअभियान सञ्चालन गर्ने, गराउने ।
(ट) “स्वच्छ वातारण–स्वस्थ जीवन” लाई आत्मसात गरी विश्वमा स्वच्छ वातावरण र स्वच्छ पर्यावरणको विकासमा टेवा पुर्‍याउन रचनात्मक अभियान सञ्चालन गर्ने, गराउने ।
(ठ) विश्व शान्तिसँग सम्बन्धित सम्पूर्ण कार्यहरु आवश्यकता अनुसार सञ्चालन गरी समयानुकूल रचनात्मक कार्यव्रmमहरु सञ्चालन गर्ने, गराउने ।
(ड) दैवी प्रकोप, घरेलु हिंसा र मानव अधिकार हननबाट आहात व्यक्ति, समूह र समाजलाई समयानुकूल यथोचित सहयोग पुर्‍याई शान्तिमय समाज निर्माणमा अभिप्रेरित गर्ने, गराउने ।
(ढ) संघको उद्देश्य परिपूर्तिको निम्ति गहन अध्ययन, अनुसन्धान गरी आवश्यक पुस्तकहरु प्रकाशन तथा प्रसारण गर्ने र विद्युतीय सञ्चार माध्यम तथा अन्य सूचना प्रविधिको माध्यमबाट आवश्यकता अनुसार प्रचार प्रसार गर्ने, गराउने ।
(ण) समान उद्देश्य भएको स्वदेशी तथा विदेशी संघ, संस्थाहरुसँग समन्वय कायम गरी आवश्यकतानुसार आपसी सहयोग आदान–प्रदान गर्ने, गराउने ।

Our Publications

Our Latest Events

    Something
  • Inauguration Ceremony

    2018-02-15

    The Nepal World Peace Movement formal inauguration ceremony was held on 22 Falgun 2075.

Featured Blogs

Our Events Representation