Nepal World Peace Movement

श्री ३ मोहन शमशेरद्वारा वैशाख पूर्णिमाका दिन बौद्धहरूका लागि सार्वजनिक बिदाको घोषणा

श्री ३ मोहन शमशेरद्वारा वैशाख पूर्णिमाका दिन बौद्धहरूका लागि सार्वजनिक बिदाको घोषणा

नाराद स्थविर श्रीलङ्गा फर्कनुभन्दा पहिले भिक्षु अमृतानन्द र भिक्षु अनिरुद्र सिंहदरबार जानुभई वैशाख पूर्णिमाका दिन सार्वजनिक बिदा घोषणा गरियोस् भनी श्री ३ महाराज मोहन शमशेर समक्ष सविनय अनुरोध गर्नुभएको थियो । वि.सं. २००५ साल (३० जुन १९४८) मा काठमाण्डौको यट्खाबहालमा भिक्षु नाराद स्थविरलाई नागरिक अभिनन्दन समारोहको आयोजना गरियो । श्री ३ मोहन शमशेरको प्रतिनिधिका रूपमा रहेको व्यक्तिगत सचिव दीपराज मानन्धर एम.ए.को सभापतित्वमा भएको सार्वजनिक सभा थियो । यसै सभामा श्री ३ मोहन शमशेर द्वारा वैशाख पूर्णिमाकै दिन सरकारी बौद्ध कर्मचारीहरूका लागि सार्वजनिक बिदा दिने हुकुम भएको कुरा श्री ३ मोहन शमशेर का सुपुत्र कमाण्डर इन चीफ शारदा शमशेर जबराद्वारा हस्ताक्षर गरी अंग्रेजी पत्रमा लिखित श्री ३ महाराजको शुभ सन्देश पढेर सुनाउनु भएको थियो । यसरी श्रद्धेय भिक्षु नाराद स्थविरले नेपालमा बुद्ध शासन उत्थान गर्न ठूलो सघाउ पु¥याउनु भई १० जुलाई १९४८ मा श्रीलङ्गा फर्कनु भयो ।

Leave a Comment