Nepal World Peace Movement

२००८ सालमा श्री ५ त्रिभुवनद्वारा बुद्धपूजा र पवित्र अस्तुधातु दर्शन एवं सार्वजनिक बिदाको घोषणा

२००८ सालमा श्री ५ त्रिभुवनद्वारा बुद्धपूजा र पवित्र अस्तुधातु दर्शन एवं सार्वजनिक बिदाको घोषणा

वि.सं. २००८ साल बुद्ध संवत् २४९५ औं बुद्ध पूर्णिमा नेपालको इतिहासमा ठूलो महŒवपूर्ण छ । १०४ वर्षिय राणा
।। ढढ ।।
चार आर्य सत्य शासनको अन्त्य भई प्रजातन्त्रको स्थापना भएपछि श्री ५ त्रिभुवन तथा श्री ५ महेन्द्र आनन्दकुटी विहारमा सवारी होइबक्स्यो । श्रीलङ्गा चैत्य प्रदीक्षणा गरिबक्सेपछि भिक्षु सङ्घद्वारा सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै परित्राणपाठ भव्य रूपमा सम्पन्न भयो र भिक्षु अमृतानन्दले मौसुफ श्री ५ महाराजाधिराज तथा श्री ५ यवुराजाधिराजमा परित्राण सत्रू बाहलुीमा बाँिधदिनभुया े। त्यसपछि मौसुफ सरकारद्वारा बुद्ध प्रतिमामा फूलमाला चढाई बुद्धपूजा गरिबक्सिनुका साथै पवित्र अस्तुधातुको दर्शन गरिबक्सियो । दिउँसो स्वयम्भूकै भुइखेलमा श्री ५ महाराजाधिराजको सभापतित्वमा बुद्ध संवत् २४९५ औं बुद्ध पूर्णिमाको दिनमा सार्वजनिक सभा सम्पन्न भएको थियो । उक्त सभामा तत्कालीन गृहमन्त्री विश्वेश्वर प्रसाद कोइराला, उद्योग तथा वाणिज्य मन्त्री गणेशमान सिंह, शिक्षामन्त्री नृपजंग, भिक्षु अमृतानन्द, धर्मदित्य धर्मचार्य, दयावीरसिं कंसाकार र लोकदर्शन बज्रचार्य सबैले आ–आÇनो मन्तव्य पोखेका थिए । त्यसैबेला भिक्षु अमृतानन्दले श्री ५ महाराजधिराज प्रमुख अन्तरिम मन्त्रीमण्डल समक्ष निम्न चार प्रस्तावहरू पेश गर्नुभएको थियो । पहिलो प्रस्तावः वैशाख पूर्णिमाका दिन नेपालभरि सबै कर्मचारीहरूलाई सार्वजनिक बिदाको घोषणा हुनुपर्ने । दोस्रो प्रस्तावः स्वयम्भू पर्वतमा भएका पशुपंक्षी प्राणीहरूको हिंसा नगर्ने र त्यहाँ सिकार खेल्न नदिने । तेस्रो प्रस्तावः स्वयम्भूमा रहेका वृक्ष (रुख) कटान गर्न नदिने । चौथो प्रस्तावः छाउनीमा तार हान्न नदिने ।
।। ज्ञण्ण् ।।
चार आर्य सत्य सभापतिको आसनबाट उठ्नु भई श्री ५ त्रिभुवनद्वारा सम्बो धन बक्सदै हुकुम भयो– “दाजुभाइ–दिदीबहिनी ¤ बौद्ध धर्म बारे विद्वानहरूले बोलिसक्नु भएको छ, एक–आपसमा मिलिजुली बस्नका लागि बुद्ध धर्मको शिक्षा पालना गर्नु धेरै राम्रो हुनेछ । अमृतानन्दले पेश गरेको प्रस्तावकोबारेमा विचार गरौंला ।” यसरी वि.सं. २००८ साल जेष्ठ ७ गते (सन् १९५२ मा) श्री ५ त्रिभुवनबाट वैशाख पूर्णिमाका दिन सार्वजनिक बिदाको घोषणा गरिबक्सियो ।

Leave a Comment