About NWPM
Home > About NWPM
प्रस्तावना:
विश्व शान्तिका अग्रमार्गदर्शक भगवान् बुद्धको पवित्र पावन जन्मभूमि नेपालबाट विश्व शान्तिको महाअभियान सञ्चालन गरी विश्वमा घटेका विकृतिजन्य मानवता विरोधी घटनाहरु आपसी मनमुटाव, झै–झगडा, लडाई, युद्ध, हत्या, हिंसा, आतंक, द्वन्द्व पीडित, वैदेशिक रोजगार पीडित, घरेलु हिंसा पीडित, राजनीतिक पीडित, जातीय भेदभाव एवं छुवाछुतबाट पीडित, संवैधानिक सूचनाबाट वञ्चित र नागरिक स्वतन्त्रताको अधिकारबाट वञ्चित लगायतका घटनाहरुको विरुद्ध प्रखर आवाज उठाई समस्त मानव जातिको हितलाई भाइचाराको रुपमा सङ्गठित गरी विश्वमा शान्ति, सुशासन, र अमन चैन कायम गरी एउटै घरको शान्तिमय समुन्नत परिवारको रुपमा रुपान्तरण गरी आपसी सद्भाव एवं भातृत्व भावको भावना विकास गर्न वाञ्छनीय भएकोले संस्था दर्ता ऐन, २०३४ को अधिनमा रही “नेपाल विश्व मैत्री, करुणा तथा शान्ति अभियान” नामक सामाजिक संस्थाको विधान तर्जुमा गरिएको छ ।
परिभाषा:
१. संस्थाको नाम :
यस संस्थाको नाम “नेपाल विश्व मैत्री, करुणा तथा शान्ति अभियान” रहनेछ र अंग्रेजीमा “Nepal World Love, Compassion And Peace Movement” भनिनेछ । छोटकरीमा यस संस्थालाई नेपालीमा ने.वि.मै.क.शा.अ. भनिनेछ र अंग्रेजिमा NWLCPM भनिनेछ ।
(क) संस्थाको कार्यालय रहने ठेगाना :–
यस संस्थाको मुख्य कार्यालय काठमाण्डौ जिल्ला बूढानिलकण्ठ नगरपालिका वडा नं. ९ मा रहनेछ ।
(ख) संस्थाको कार्यक्षेत्र :– यस संस्थाको कार्यक्षेत्र काठमाण्डौं जिल्ला भरी हुनेछ । आवश्यकता अनुसार सम्वन्धित जिल्लाको स्थानीय अधिकारीको स्वीकृती लिई नेपाल राज्यभर कार्यक्षेत्र विस्तार गरिने छ ।
(ग) प्रारम्भ :– यो संस्था दर्ता भएको मिति देखि लागू हुनेछ ।
(घ) संस्थाको अस्तित्व :– यो संस्था एक अविच्छिन्न उत्तराधिकारवाला, संगठित स्वशासित, गैर–नाफामुलक, गैर–राजनीतिक तथा गैर–सरकारी र सामाजिक संस्था हुनेछ । सस्थावाट आफ्नो उद्देस्य बाहेक आय आर्जन गर्ने तथा कुनै प्रकारको शुल्क लिई वा नलिई परामर्श गर्ने कार्य गरिने छैन ।
(ख) था” भन्नाले “नेपाल विश्व मैत्री, करुणा तथा शान्ति अभियान” लाई जनाउँदछ ।
(ग) “समितकार्यसमिति” भन्नाले यस विधानको दफा १३ बमोजिम गठित कार्य समितिलाई जनाउँदछ ।
(घ) “सभा” भन्नस विधान बमोजिम बसेको साधारण सभा र विशेष साधारण सभालाई समेत जनाउँदछ ।
(ङ) “पदाधिकारी” भन्संस्थाका पदाधिकारीहरुलाई सम्झनुपर्छ ।
(च) “नियम विनियम भन्नाल विधान अन्तर्गत वन्ने नियम विनियमलाई सम्झनुपर्दछ ।
(छ) “स्थानीय अधिकारी” भन्नालमुख जिल्ला अधिकारलाई जनाउँदछ । (ज) “तोकिएको वा तोकिए” बमोजिम भन्यो विधान र यस विधान अन्र्तगत बनेका नियम विनियममा तोकिएको वा तोकिए बमोजिम सम्झनुपर्दछ ।
(झ) “अधिवेशन” भन्नाले यस कार्य समितिकोय अवधि समाप्त भई नयाँ कार्य समितिको निर्वाचन गर्ने हरेक २ वर्षमा सम्पन्न हुने साधारण सभालाई सम्झनु पर्दछ ।
(ञ) “स्थानीय तह भन्नाले” गाउपालिका, नगरपालिका, उप–महानगरपालिका र महानगरपालिकालाई जनाउने छ ।
(ट) “सदस्य” भन्नाले यस नेपाल विश्व मैतकरुणा तथा शान्ति अभियान संस्थाको संस्थापक तथा आजीवन सदस्यता लिएका र साधारण सदस्यता लिएकालाई सम्झनु पर्दछ ।
(ठ) “संस्थापक सदस्य” भन्नाले संस्थाको नार्थ यस विधानमा सहीछाप गर्ने सम्पूर्ण सदस्य तथा पदाधिकारीलाई सम्झनु पर्दछ ।
उद्देश्य:
संस्थाकोे उद्देश्य देहाय बमोजिम हुनेछ ।
(क) यो संस्था मुनाफा रहित जनहितकारी सामाजिक संस्था हुनेछ ।
(ख) विश्वमा व्याप्त झै–झगडा, लडाई, र युद्धबाट सिर्जित अशान्तिको अन्त्य गर्न शान्तिको अग्रदुत भगवान् बुद्ध जन्मेको देश नेपालबाट शान्तिको सन्देश सशक्त रुपमा अघि बढाई आपसी भाइचाराको माध्यमबाट विश्वमा शान्ति स्थापना गर्न आवश्यक पहल गर्ने, गराउने ।
(ग) नेपाल लगायत विश्वमा छरिएर रहेका मानव जातीलाई एउटै सूत्रमा आबद्ध गरी विश्व बन्धुत्वको भावना अभिप्रेरित गराई एउटै घर परिवारको रुपमा विकास गर्ने, गराउने ।
(घ) आर्य धर्म, संस्कृति र परम्पराको अवधारणा विकास गराई सो सँग सम्बन्धित कुराहरुलाई समावेश गरी आवश्यक पुस्तकहरु प्रकाशन गर्ने, गराउने ।
(ङ) सामाजिक कुलतको रुपमा रहेको धुम्रपान, मध्यपान, जुवा तास जस्ता विकृतिलाई संसारबाटै अन्त्य गरी स्वच्छ, स्वस्थ समाजको स्थापना गर्न आवश्यक “अभियान” सञ्चालन गर्ने, गराउने ।
(च) शान्तिभूमि नेपालको अवधारणालाई आत्मसात गरी धार्मिक, सांस्कृतिक र शान्ति प्रेमी स्वदेशी तथा विदेशी पर्यटकहरुलाई आकर्षित गराई शान्ति सुरक्षाको प्रत्याभूत दिलाउन आवश्यक पहल गरी धार्मिक पर्यटनको माध्यमबाट देश विकासमा टेवा पु¥याउने ।
(छ) विश्वमा प्रतिबन्धित गाँजा, चरेस र हिरोयन जस्ता प्राण घातक लागू पदार्थ सेवनबाट समाजमा सिर्जना हुने अशान्तिको अन्त्य गर्न त्यस्ता वस्तुको सेवन, उत्पादन तथा बिक्री वितरणमा रोक लगाउन विशेष अभियान सञ्चालन गर्ने, गराउने ।
(ज) भगवान् बुद्धले प्राप्त गर्नु भएको “बोधिज्ञान” लाई आधार बनाई समस्त आमारुपी प्राणीहरुको भलाई र सुखको लागि नविनतम अभियानको थालनी गर्ने, गराउने ।
(झ) भगवान् बुद्धको पञ्चशीलको सिद्धान्तलाई विश्वव्यापी बनाउन आवश्यक गोष्ठी, सेमीनार, प्रवचन लगायत पुस्तकको माध्यमबाट प्रचार–प्रसारको महत्वपूर्ण अभियान सञ्चालन गर्ने, गराउने ।
(ञ) पञ्चशीलको सिद्धान्त विपरित संसारमा व्याप्त हत्या, हिंसा, चोरी–डकैती, चेलिबेटी बेचविखन, बलत्कार र अपहरणजस्ता अमानवीय कार्यको अन्त्य गरी सभ्य, सु–संस्कृत र करुणामय समाजको स्थापना गर्न महाअभियान सञ्चालन गर्ने, गराउने ।
(ट) “स्वच्छ वातारण–स्वस्थ जीवन” लाई आत्मसात गरी विश्वमा स्वच्छ वातावरण र स्वच्छ पर्यावरणको विकासमा टेवा पु¥याउन रचनात्मक अभियान सञ्चालन गर्ने, गराउने ।
(ठ) विश्व शान्तिसँग सम्बन्धित सम्पूर्ण कार्यहरु आवश्यकता अनुसार सञ्चालन गरी समयानुकूल रचनात्मक कार्यव्रmमहरु सञ्चालन गर्ने, गराउने ।
(ड) दैवी प्रकोप, घरेलु हिंसा र मानव अधिकार हननबाट आहात व्यक्ति, समूह र समाजलाई समयानुकूल यथोचित सहयोग पु¥याई शान्तिमय समाज निर्माणमा अभिप्रेरित गर्ने, गराउने ।
(ढ) संघको उद्देश्य परिपूर्तिको निम्ति गहन अध्ययन, अनुसन्धान गरी आवश्यक पुस्तकहरु प्रकाशन तथा प्रसारण गर्ने र विद्युतीय सञ्चार माध्यम तथा अन्य सूचना प्रविधिको माध्यमबाट आवश्यकता अनुसार प्रचार प्रसार गर्ने, गराउने ।
(ण) समान उद्देश्य भएको स्वदेशी तथा विदेशी संघ, संस्थाहरुसँग समन्वय कायम गरी आवश्यकतानुसार आपसी सहयोग आदान–प्रदान गर्ने, गराउने ।